

बेनिघाट रोराङ। बेनिघाटरोराङ गाउँपालिका वडा नं ६ स्यादुलमा बाख्रापालन तथा व्यवसायिक योजना तर्जुमा सम्बन्धी दुईदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
स्यादुलको पञ्चकन्या माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारहरूको आम्दानी वृद्धि गर्न सहयोग गर्ने उद्देश्यले छनौट भएका कृषकहरुलाई बाख्रापालनको महत्त्व, खोर व्यवस्थापन, जात विशेषता, रोग पहिचान र उपचार, साथै खाद्य व्यवस्थापन जस्ता विषयमा शिव भण्डारीले प्रशिक्षण दिनुभएको थियो।
प्रयास नेपाल धादिङ द्वारा सञ्चालित शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत भएको अभिमुखिकरण कार्यक्रममा सहभागी कृषकहरूले व्यवसायिक योजना निर्माण गरेका थिए।
कार्यक्रममा वडाध्यक्ष टेकनाथ सिलवाल, कार्यक्रममा प्रयास नेपालका कार्यक्रम व्यवस्थापक सन्तोष सत्याल, लेखा तथा प्रशासन अधिकृत राजन रिजाल, कृषक लगाएतको उपस्थिति रहेको थियो।
आगामी दिनमा सहभागीहरूको व्यवसायिक योजनाको आधारमा बाख्रापालनमा आवश्यक सहयोग गरिने फिल्ड कार्यक्रम अधिकृत बिनोद पोखरेलले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |