

धादिङ । एलिसन स्पोर्ट्स प्रा.लि.को आयोजनामा काठमाडौंस्थित पेप्सिकोलामा “प्रथम महिला फुटसल च्याम्पियनसिप २०८१” हुने भएको छ ।
नेपाली महिलाहरुलाई फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले यही पौष २९ गते सोमबार फुटसल च्याम्पियनसिप आयोजना गरिएको । एलिसन स्पोर्ट्स प्रा.लि.का अध्यक्ष सगुन थापा मगरले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरुले आफ्नो फुटसल टिम बनाएर सहभागिता जनाउन सक्ने उहाँको भनाई छ ।
प्रतियोगितामा बिजेता टिमले रु. ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपबिजेता टिमले रु. २० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने मगरले बताउनुभयो ।
यसैगरी, निष्पक्ष खेल प्रदर्शन गर्ने टिमलाई ४ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने र उत्कृष्ट गोलकिपर,उत्कृष्ट खेलाडीलाई जनही रु.२ हजारसहित नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले बताउनुभयो ।
खेलहरू लिग कम नकआउट आधारमा खेलाइने बताउनुभयो।
प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्नेछ ।
राष्ट्रिय खेलाडी वा “ए” डिभिजनमा खेलिसकेका खेलाडीमध्ये अधिकतम २ जना खेलाडी मात्र टोलीमा समावेश गर्न सकिने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरुले रु.४ हजार ५०० दर्ता शुल्क तिर्नुपर्ने र टिम दर्ताको अन्तिम मिति पौष २५ गते बिहीबार बेलुका ५ बजेसम्म तोकिएको आयोजकले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |