

काठमाण्डौ । नेपालमा पहिलोपटक हुन लागेको नेपाल भलिबल लिगको लोगो र नारा सार्वजनिक भएको छ ।
आउने फागुनमा हुने नेपाल भलिबल लिगको मंगलबार एक कार्यक्रमका बिच युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी र आयोजक केडिया ग्रुपका अध्यक्ष विमल केडियाले संयुक्त रुपमा राष्ट्रको झण्डा झल्किएको लोगो र ‘उचाइको नयाँ उडान’ नाराको सार्वजनिक गर्नुभएको हो।
लिगमा विभिन्न ६ टोलीको सहभागिता रहने केडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत अश्विन केडियाले जानकारी दिनुभयो।
प्रतियोगिता सञ्चालनको मिति र टोली भने चाँडै सार्वजनिक गरिने आयोजकले जनाएको छ ।
पुरुष भलिबलको फ्रेन्चाइज लिगका लागि नेपाल भलिबल सङ्घ र केडिया ग्रुपबीच यसअघि नै ७ वर्षका लागि सम्झौता भएको थियो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |