

काठमाडौँ । रेडियन्ट रिडर्स एकेडेमीले करातेका एरिका गुरुङ र कुशल श्रेष्ठलाई सम्मान गरेको छ।
मंगलबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको रेडियन्ट रिडर्सको वार्षिक खेलकुद दिवसका अवसरमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र रेडियन्ट रिडर्सका संस्थापक प्रिन्सिपल डिके ढुङ्गानाले खेलाडी एरिका र प्रशिक्षक कुशललाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो।
आफ्नो खेल करियरमा विश्व च्याम्पियनसिपसहित समग्रमा ६ अन्तराष्ट्रिय प्रतियोगिता खेलेकी एरिकाले विश्व च्याम्पियनसिपबाहेक ५ अन्तरराष्ट्रिय प्रतियोगितामा ४ स्वर्ण, ३ रजत र एक कांस्य गरी ८ पदक जित्नुभएको छ ।
सबै प्रतियोगितामा पदक जित्दा कुशल नै एरिकाको प्रशिक्षक हुनुहुन्थ्यो । कुशल १०औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता पनि हुनुहुन्छ ।
धादिङको नीलकण्ठ नगरपालिका–१३ लाहुरे गाउँकी एरिकाले केही समय अघि मात्रे सम्पन्न भएको एसियन च्याम्पियनसिपमा रजत पदक जित्न सफल हुनुभएको थियो ।
जुन नेपालको पहिलो पदक हो ।अहिलेसम्म कुनै पनि नेपाली खेलाडीले एसियन सिनियर च्याम्पियनसिपमा पदक जित्न सकेका थिएनन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |