

धादिङ । सदरमुकाम धादिङबेशीमा रहेको धादिङ अस्पताल, धादिङको सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा राधिका सापकोटालाई मनोनित गरिएको छ।
सापकोटालाई बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको मन्त्रीस्तरको निर्णयबाट सञ्चालन तथा व्यवस्थापन समितिको अध्यक्षमा मनोनित गरिएको हो।
मिति २०८१।०९।०७ को निर्णयानुसार सापकोलाईलाई अध्यक्ष पदमा मनोनित गरिएको मन्त्रालयद्वारा जारी सूचनामा जनाइएको छ।
अध्यक्षमा नियुक्त भएपछी सापकोटाले धादिङ अस्पतालले प्रवाह गर्ने सेवालाई विस्तार तथा थप प्रभावकारी बनाउने बताउनुभएको छ।
पछिल्लो समय धादिङ अस्पतालमा विशेषज्ञसहितको सेवाहरु प्रवाह भइ रहेका छन् । अस्पतालले सेवा विस्तार तथा प्रविधिको क्षेत्रमा फड्को मारेको छ ।
मानव अधिकार तथा महिला अधिकारको क्षेत्रमा काम गर्दै आउनुभएको सापकोटा नेकपा एमाले धादिङका सचिव एवम सहयात्री समाज नेपालका कार्यकारी निर्देशक हुनुहुन्छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |