

धादिङ । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले सञ्चालन गरेको ‘गुरुङ ड्रेस फोटो कन्टेस्ट–२०८१’ को बिजेताहरुलाई आज पुरस्कार वितरण गरिएको छ ।
सोमबार गुरुङ समुदायको चाड तमू ल्होसारको अवसरमा नेपालका गुरुङ समुदायको राष्ट्रिय पोषाक फोटो प्रतियोगिता गुरुङ ड्रेस फोटो कन्टेस्ट-२०८१ को बिजेताहरुलाई पुरस्कार वितरण गरिएको हो ।
देश विदेशबाट तीन सय ४२ वटा फोटोहरुलाई पछि पार्दै प्रतियोगिताको प्रतियोगिताको उपाधी स्याङ्जाका चन्द्र गुरुङ (मुन) ले जित्नु भएको थियो।
प्रतियोगीतामा चितवनकी अंकिता गुरुङ फस्ट रनअर रप, लमजुङका अनिल गुरुङ सेकेन्ड रनअर रप र धादिङकी प्रतिभा गुरुङ थर्ड रनअर रप हुनु भएको थियो।
सामाजिक संजाल फेसबुकमा आएका लाईक, कमेन्ट, सेयर र बान्की पुरा गरेर गुरुङ पोषाक लगाएको आधारमा विजेता घोषणा गरिएको आयोजक संस्था नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं धादिङका अध्यक्ष एवं प्रतियोगिताका संयोजक रेखबहादुर गुरुङले जानकारी दिनुभयो ।
गुरुङ समुदायको कला, संस्कृति र भेषभूषा संरक्षणमा योगदान पुर्याउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले देश विदेशमा गुरुङ भेषभुषाको प्रचार भएको र त्यसले सिङ्गो देशकै पहिचान बढाएको महशुस गरेको संयोजक गुरुङले बताउनुभयो ।
प्रतियोगीताको विजेताले नगद २० हजार, ट्रफी प्रमाण पत्र लगायतका गिफ्ट ह्याम्पर प्राप्त गर्नुभयो भने फस्ट रनअर रपले नगद १० हजार, ट्रफी, प्रमाण पत्र, सेकेन्ड रनअर रपले ५ हजार, ट्रफी, प्रमाण पत्र तथा थर्ड रनअर रपले नगद १ हजार, ट्रफी प्रमाण पत्र सहित आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नुभएको अध्यक्ष गुरुङले बताउनुभयो ।
प्रतियोगीताको उत्कृष्ट १० मा तनहुँका सन्दिप गुरुङ, दोलखाका सुवास गुरुङ, तनहुँकी सुनती गुरुङ, स्याङ्जाकी निस्मा गुरुङ, गोरखाकी सिसम गुरुङ, धादिङकी स्वेता गुरुङ, आयान्सी गुरुङ, तनहँकी सोना झिमल गुरुङ, धादिङकी मनिका गुरुङ र गोरखाका कुशल गुरुङ चयन हुनुभएको थियो।उहाँहरुलाई प्रमाणपत्र र विभिन्न उपहार प्रदान गरिएको छ ।
कार्यक्रमकै अवसरमा फोटो कन्टेस्ट सफल पार्न सहयोग गर्ने दाताहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद धादिङका पूर्वअध्यक्ष गोपाल गुरुङले डिजिटल प्लेटफर्मको प्रयोग गरी सामाजिक संजाल मार्फत आयोजना गरिएको फोटो प्रतियोगिताले नेपालका विभिन्न जातजातिहरुसंग भावनात्मक, सांस्कृतिक, तथा सामाजिक चेतना जगाउन सहयोग पुग्ने बताउनुभयो ।
सिमित स्रोत साधान प्रयोग गरि गुरुङ पोषाकको संरक्षण सम्वर्द्वन र प्रर्वद्धनमा उल्लेखनीय टेवा पुगेको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धींका केन्द्रिय अध्यक्ष पवन गुरुङले बताउनुभयो ।

सामाजिक संजालको भड्किलो प्रयोग बढ्दै जाँदा सामाजिक संजालको सहि सदुपयोग गरि सकारात्मक सन्देश दिन पनि यस्ता प्रतियोगिताले सहयोग गर्ने कार्यक्रमका अतिथिहरुले बताएका थिए ।








आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |