

धादिङ । धादिङ अस्पतालमा पाठेघर खस्ने समस्या सम्बन्धी निःशुल्क शल्यक्रिया शिविर आज पनि जारी रहेको छ।
बाग्मती प्रदेश र धादिङ अस्पतालको संयुक्त आयोजना तथा जनस्वास्थ्य कार्यालय धादिङको सहयोगमा दुईदिने निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको हो ।
मंगलबारदेखी सन्चालन भएको शिविरको पहिलो दिन ११ जना पाठेघर खस्ने समस्या भएका महिलाहरुको शल्यक्रिया गरीएको धादिङ अस्पतालका निमित्त निर्देशक डा.गगन अधिकारीले जानकारी दिनुभयो ।
शिविरमा किस्ट मेडिकल कलेजमा कार्यरत बरिष्ठ स्त्री रोग बिशेषज्ञ डा.यम दुवाको टीमले शल्यक्रिया गरेको हो ।
शिविरको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुदै मंगलबार नीलकण्ठ नगरपालिकाका नगर उप प्रमुख दिपक विश्वकर्माले नीलकण्ठ नगरपालिकाको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने यस्ता कामहरुमा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो ।
ग्रामीण क्षेत्र र शहरी क्षेत्रमै पनि लुकेर बसेका यस्ता स्वास्थ्य समस्याहरुको न्यूनीकरणको लागि स्थानिय तह र अस्पताल मिलेर काम गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले जोड दिनुभयो ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले महिलाहरुले पाठेघर खस्ने समस्या लुकाउन बाध्य रहेको बताउदै यस्ता समस्याहरुलाई समाधान गर्नको लागि शिविरले थप मद्धत पुग्ने अपेक्षा लिएको बताउनुभयो ।
शिविर आज पनि जारी रहने अस्पतालका निमित्त निर्देशक डा.अधिकारीले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |