

काठमाडौं ।बालगायक सचिन परियारको निधन भएको छ ।
१३ वर्षीय सचिनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान १०:४५ बजे उनको निधन भएको अस्पतालले जनाएको छ ।
सचिनको केही दिनदेखि आईसीयूमा उपचार भइरहेको थियो ।
अघिल्लो वर्षदेखि नै स्वास्थ्य समस्याका कारण थलिएका उनको कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो ।यसअघि शल्यक्रिया गरेर तंग्रिएका सचिन आफ्नै बलमा उभिन नसक्ने अवस्थामा थिए ।
भाइरल बालगायकका रुपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा छाएका छन् ।
अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियोमा अभिनय समेत गरेकासचिनले हास्य श्रृंखला ‘मेरी बास्सैसँगै रातो रबर एक, रुमाल खस्छ कि, के छ र हजुर, बरको छायाले लगायतको चर्चित गित गाएका थिए।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |