

काठमाण्डौ । अमेरिका पठाइदिने भन्दै ठगी गरी फरार रहेका दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका-२ घर भई चितवनको भरतपुर उपमहानगरपालिका-१० बस्ने ४३ वर्षीय कुलबहादुर थापा र गोरखाकै गण्डकी गाउँपालिका-२ घर भई काठमाण्डौको नागार्जुन बस्ने ३१ वर्षीय राजन आले रहेकाकाठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कुलबहादुर र राजनले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार रुपैयाँ ठगी गरेका र उनीहरूलाई काठमाण्डौ महानगरपालिका-९ सिनामङ्गलबाट पक्राउ गरी ठगी कसूरमा अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको कार्यालयका प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |