

धादिङ । सदरमुकाम धादिङबेसीका स्थानीयलाई कौशी खेती तालिम सञ्चालन गरिएको छ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ३ को आयोजना तथा नीलकण्ठ नगरपालिका कृषि शाखाको समन्वयमा विहीबारदेखि तालिम सुरु भएको हो ।
दुई दिने तालिम आज पनि सञ्चालन हुने छ ।
घरको छत प्रयोग गरि ताजा तथा स्वस्थकर तरकारी उत्पादन गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको नीलकण्ठ नगरपालिका वडा नं ३ का वडाअध्यक्ष राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
तालिममा वडा नम्बर ३ धादिङबेसीका ४४ जना स्थानीयहरु सहभागी छन् ।
यो कार्यक्रम खेतीपाती गर्ने जग्गाजमिन नभएकाहरुका लागि भएको र आफ्नै छतमा विषादीरहित स्वस्थकर तरकारी फलाउने र तरकारीमा हुने खर्च न्यूनिकरण गर्नेे तालिमको उद्देश्य रहेको बताउनुभयो ।
तालिममा सहभागीहरुलाई तालिम पश्चात कौशी खेतीका लागि आवश्यक सर सामान पनि वितरण गरिने वडा सदस्य सन्तोष थापाले बताउनुभयो। तस्विरःअर्जुन श्रेष्ठ





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |