

धादिङ । बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तिस्थित महादेवस्थान स्वास्थ्य चौकीमा निःशुल्क बृहत विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।
लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीको आयोजना, बेनीघाट रोराङ गाउँपालिकाको सह आयोजना तथा जनस्वास्थ्य कार्यालय धादिङको समन्वय र धादिङ अस्पतालको प्राविधिक सहयोगमा दक्षिणी धादिङ क्षेत्रमा रहेका विपन्न चेपाङ समुदाय लक्षित गरि निःशुल्क विशेषज्ञ शिविर सञ्चालन गरिएको हो ।
शिविरमा चार सय १५ जनाले सेवा लिएका लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीका अध्यक्ष कृष्ण ढकालले जानकारी दिनुभयो।
विशेषगरी सिमान्तकृत चेपाङ समुदाय लक्षित गरि विकट वस्तिमा स्वास्थ्यको सहज पहुँच पगोस् भन्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको ढकालले बताउनुभयो।
शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, पेट तथा कलेजो रोग, हाड जोर्नी तथा नशा रोग, नाक, कान घाँटी रोग, प्रसुती रोग, छाला रोग, आँखा रोग, मुटु रोग, मुख तथा दाँत रोग, बाल रोगको सेवाहरु र मनोसामाजिक परामर्श सेवा दिएको ढकालले बताउनुभयो।
लायन्स क्लव अफ काठमाडौं सुर्यमुखीले यस अघि पनि विभिन्न ठाउँमा यस्तै थुप्रै सामाजिक कार्य गर्दै आएको भन्दै उहाँले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य, वातावरणको क्षेत्रमा काम गर्ने बताउनुभयो ।
शिविरमा धादिङ अस्पतालका निमित्त अस्पताल निर्देशक डा. गगन अधिकारी नेतृत्वको विशेषज्ञ चिकित्सक टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो।
अस्पतालका विशेषज्ञ चिकित्सक सहित २७ जनाको प्राविधिक टोलि शिविरमा सेवा दिन पुगेका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |