

धादिङ । धादिङबेसीमा “सिमा सुरक्षामा स्थानीयबासी र सशस्त्र प्रहरीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल र आश्रित गुल्म धादिङको संयुक्त आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सुनौलो भैरवी माध्यामिक विद्यालयकी प्रशंसा श्रेष्ठ प्रथम भएकी छिन् ।
प्रतियोगितामा सुनौलो भैरवी माध्यामिक विद्यालयकी संजिवनी पोखरेल द्वितिय र नीलकण्ठ बालमन्दिर माध्यामिक विद्यालयकी कृति श्रेष्ठ तृतिय भएकी छिन् ।
प्रतियोगितामा नीलकण्ठ नगरपालिका भित्रका ९ विद्यालयका १६ जना विद्यार्थीहरु सहभागी भएका थिए ।
विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र सम्बन्ध थप सुमधुर बनाउने उद्देश्यले २४ औँ सशस्त्र प्रहरी दिवस २०८१ को अवसरमा प्रतियोगिता आयोजना गरिएको सशस्त्र प्रहरी बल नेपाल,आश्रित गुल्म धादिङकी गुल्मपति लक्ष्मी थपलियाले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |