

काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा गरेको छ।
क्यानले पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
नेपाली टोलीमा पूजा महतो(कप्तान), सोनी पाख्रिन(उपकप्तान), किरन कुमारी कुवँर, कृष्मा गुरुङ, साना प्रविन, स्नेहा महरा, सावित्रा धामी, तृषना विक, रिया शर्मा, अलिशा कुमारी यादव,कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र अनु कडायत रहेका छन् ।
मलेसियामा यही जनवरी १८ अर्थात आउँदो माघ ५ गतेदेखि शुरु हुने छ।
गएको नोभेम्बरमा यूएईमा भएको आईसीसी १९ वर्षमुनिको महिला विश्वकप एशिया छनोटको उपाधि जित्दै नेपाल पहिलो पटक १९ वर्षमुनिको महिला विश्वकपकमा छनोट भएको थियो ।
जनवरी १८ देखि फेब्रुअरी २ सम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित १६ देशको सहभागिता छ ।नेपाल समूह ‘डी’ मा छ। यस समूहमा अष्ट्रेलिया, बङ्गलादेश र स्कटल्याण्ड छन् ।
नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग, दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग र तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
चारै समूहको शीर्ष तीन टोली सुपर सिक्स राउण्डमा पुग्नेछन् । जहाँ १२ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइनेछ ।
नेपालले समूह चरणमा एक खेल जितेर शीर्ष तीनमा रहन सके सुपर सिक्स पुग्दै थप तीन खेल खेल्ने अवसर पाउन सक्छ ।
१९ वर्षमुनिको महिला विश्वकपको यो दोस्रो संस्करण हो । नेपालले पहिलो पटक खेल्न लागेको हो ।तस्बिर:क्यान





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |