

काठमाण्डौ । आजदेखि जय ट्रफी पुरुष कप क्रिकेट शुरु हुँदैछ ।नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा शुरु हुन लागेको प्रतियोगितामा आज दुई वटा खेल हुँदैछन् ।
प्रतियोगितामा दुई विभागीय टोली नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती र मधेस प्रदेशगरी चार टोली छन् ।
आज हुने खेलमा पुलिस क्लब र त्रिभुवन आर्मी तथा बागमती प्रदेश र मधेस प्रदेशले खेल्दैछन् ।
पुलिस र आर्मीको खेल विरगञ्जमा तथा बागमती र मधेसको खेल जनकपुरमा शुरु हुँदैछ ।
सिङ्गल राउण्ड रोविनका आधारमा लिग चरणका खेल हुने प्रतियोगितामा शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
क्यानका अनुसार अरू खेल दुई दिवसीय र फाइनल खेल तीन दिवसीय फम्र्याटमा हुनेछ ।
क्यानका पूर्व अध्यक्ष जयकुमार शाहको नामबाट यो प्रतियोगिता आयोजना गरिएको हो ।
यो प्रतियोगितामा गएको वर्ष भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटमा शीर्ष चारमा रहेका टोली सहभागी छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |