

धादिङ । धादिङमा सवारी चालकहरुको स्वास्थ्य परीक्षणसँगै (लागु पदार्थ सेवन) लापसे चेकिङ कार्यक्रम सुरु भएको छ।
धादिङ प्रहरीले सवारी दुर्घटनाको कारक बनीरहेको लागु पदार्थ सेवन गरेर सवारी हाँक्नेहरुलाई स्वास्थ्य परिक्षण तथा लागु पदार्थ सेवन परिक्षण कार्यक्रम आइतबारबाट सुरु गरेको हो।
कार्यक्रममा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले ब्यानर खोलेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो ।

कार्यक्रलाई सम्बोधन गर्दै गजुरी गाउँपालिका अध्यक्ष श्रेष्ठले राजमार्गमा हुने अत्याधिक दुर्घटना कम गराउन लापसे परिक्षण गर्न स्थानीय सरकारको दायित्व अन्तरगत साझेदारीमा कार्यक्रम ल्याइएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले सवारी चालकहरुलाई लागु पदार्थ खायर सवारी नचलाउन आग्रह गर्दै मादक पदार्थ र लागु पदार्थ खाएर सार्वजनिक सवारी चलाउनेलाई सरकारले कडा कारबाही गर्ने बताउनुभयो ।
आइतबार पृथ्वीराजमार्गको जरेमा सवारी चालकको लापसे तथा मापसे जाँच गरेर सुरु गरिएको अभियान निरन्तर आकस्मीक रुपमा चल्ने र यसले सार्वजनिक सवारीमा यात्रा गर्नेहरुको जिउधनको सुरक्षा हुने जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी दिनुभयो ।
सवारी दुर्घटना न्यूनिकरण तथा सुरक्षित यात्राका लागि गरिएको मादक पदार्थ सेवन र लागु पदार्थ सेवन परिक्षण गरि सेवन गरेको पाइएमा कारबाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक सुरज श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रम उद्घाटनको अवसरमा २५ सवारी चालकलाई गरिएको परिक्षणमा एक जना सवारी चालकले लागु पदार्थ सेवन गरि सवारी चलाएको फेला परेकोले चालकलाई नियन्त्रणमा लिएर सवारी साधनलाई गन्तब्य सम्म पठाउन वैकल्पिक चालक समेत व्यवस्था गरेको थियो ।
लापसे र मापसे परिक्षण राजमार्गको विभिन्न स्थानमा लामो तथा छोटो दुरीका सवारी साधनका चालकहरुलाई अकस्मिक रुपमा संचालन गरिने जनाइएको छ ।
सवारी दुर्घटनाको कारणमध्ये लागु पदार्थ सेवनपछि सवारी चलाउँदा भएको दुर्घटना र ज्यान गुमाउने संख्या समेत उल्लेख्य रहने गरेको तथ्यांक छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |