

काठमाण्डौ । नेपाल प्रहरीले आज बिहान गएको भूकम्पबाट अहिलेसम्म क्षतिको कुनै पनि विवरण प्राप्त नभएको जनाएको छ।
देशभर प्रहरी परिचालन गरेर विवरण सङ्कलन गर्ने काम भइरहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले बताउनुभयो।
विशेषगरी उत्तरी क्षेत्रमा स्थानीयस्तरमा पुगेर जानकारी लिन निर्देशन भएको उहाँले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले पनि अहिलेसम्म भूकम्पबाट भएको क्षतिको विवरण नआइसकेको जनाएको छ ।
बिहान ६ बजेर ५० मिनेटमा गएको भूकम्प ७ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । तिब्बतको दिङ्गे काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्प सगरमाथाबाट झण्डै ९० किलोमिटर उत्तरमा रहेको छ ।
भूकम्पको धक्का नेपालमा पूर्वी पहाडी र तराई क्षेत्रमा महसुस गरिएको थियो । त्यस्तै चीन, भारत, बङ्गलादेश र भुटानमा पनि धक्का महसुस गरिएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |