

धादिड । बेनिघाट रोराङ गाउँपालिका वडा नं ६ स्थित स्यादुलमा रहेको पञ्चकन्या माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।
सोमबार प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङले शिक्षामा पहुँच सुनिश्चितता परियोजना अन्तरगत पञ्चकन्या मा.विमा अध्ययनरत दुई सय ५५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
विद्यार्थीहरूलाई झोला, कपी, पेन्सिल, जेमिट्रिबक्स र विद्यालय पोशाक वितरण गरिएको थियो ।
विद्यार्थीहरूलाई वडा नं ६ का वडाध्यक्ष टेकनाथ सिलवाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दल बहादुर दर्लामी, प्रधानाध्यापक कृष्ण प्रसाद सिलवाल, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल लगाएतले वितरण गर्नुभएको थियो ।
यी सामाग्रीले विद्यार्थीलाई पढाइमा प्रोत्साहन मिल्ने र सामुदायिक विद्यालयको गुणस्तर वृद्धिमा सहयोग पुग्ने वडाध्यक्ष सिलवालले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दर्लामीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभयो ।
शैक्षिक सामग्रीले विपन्न बालबालिकालाई पठनपाठनमा सहज हुने र न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने प्रधानाध्यापक सिलवाले बताउनुभयो ।शैक्षिक सामाग्री पाएपछि विद्यार्थीहरु नियमित विद्यालय आउने उहाँले बताउनुभयो ।
चाईल्डफण्ड जापान(ChildFund Japan)को आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा प्रयास नेपाल धादिङले बालबालिकाको समग्र शैक्षिक गुणस्तर सुधार तथा परिवार र समुदायको आय वृद्घिका अवसरहरुमा समेत सुधार गर्ने उद्देश्यसहित वडा नम्बर ६, ८ र १० वडाका १९ विद्यालयहरुमा शिक्षामा पहुँच सुनिश्चितता परियोजना सञ्चालन गरिरहेको छ ।
सोही परियोजना अन्तरगत पञ्चकन्याका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिनुभयो । यो कार्यक्रमलाई ३ वटै वडामा रहेको अन्य विद्यालयहरुमा निरन्तरता दिने उहाँको भनाई छ ।
हेर्नुहोस् भिडियो…………





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |