

धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङको अध्यक्षमा दिनेश भट्ट चयन हुनुभएको छ।
बुधबार नीलकण्ठ-४ स्थित सदरमुकाम धादिङबेशीमा रहेको चिल्ड्रेनपार्क आवासीय माध्यमिक विद्यालयमा सम्पन्न प्याब्सन दिवस तथा ११ औँ जिल्ला अधिवेशनले धुनिवेशी नगरपालिकामा रहेको शान्तिदिप एकेडेमीका दिनेश भट्टको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा टिका प्रसाद थपलिया (राईजिङ स्टार-बेनिघाट रोराङ), सचिवमा भिम बहादुर श्रेष्ठ (एडभान्स एकेडेमी-धादिङबेशी), कोषाध्यक्षमा सन्जिप गजुरेल (ब्लुमिङ लोटस-थाक्रे) चयन हुनुभएको छ ।
त्यस्तै सदस्यहरुमा आँचल श्रेष्ठ (आधारशिला पाठशाला-धादिङबेशी), देवी कुमारी पाण्डे (सल्यान्टार बालविकास-त्रिपुरासुन्दरी) र राजकुमार त्रिपाठी (ब्राईट फयुचर-बेनिघाट रोराङ) चयन हुनुभएको छ ।
कार्यसमितिमा अव ७ वटा पालिकाबाट १/१ जना सदस्य मनोनित गरिने नवनिर्वाचित सचिव भिम बहादुर श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै ३ जना महाधिवेशन प्रतिनिधी र ३ सदस्यीय सल्लाहाकार समिति पछि मनोनित गरिने श्रेष्ठले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |