

धादिङ।२७ औं भुकम्प सुरक्षा दिवस, धादिङमा विद्यालयका बालबालिकाहरुसंग अन्तरक्रिया गरेर मनाइएको छ ।
बुधबार विपद् ब्यवस्थापन समिति धादिङ, सघन सहरी तथा भवन निर्माण आयोजना र नीलकण्ठ नगरपालिकाको संयुक्त आयोजनामा नीलकण्ठ नगरपालिका वडा नं १२ मा रहेको पशुपती माद्यमिक विद्यालयका बालबालिकाहरुसँग भुकम्पले सिकाएको पाठः बलियो संरचना र सुदृढ पुर्व तयारीको साथ भन्ने मुख्य नाराको साथ अन्तरक्रिया गरेर मनाइएको हो।

अन्तरक्रियामा बालबालिकाहरुसँगै शिक्षक तथा अभिभावकहरु सहभागी थिए ।
विद्यालय तहका बालबालिकाहरुसंग भुकम्प प्रतिरोधी र पुर्वतयारी सम्वन्धी जनचेतना बृद्धि गराउने उद्येश्यका साथ विद्यालय तहमा कार्यक्रम गरेर सुरक्षा दिवस मनाइएको विपद् ब्यवस्थापन समिति धादिङले जनाएको छ ।
कार्यक्रममा सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर इमरान आलमले भुकम्पबाट कसरी सुरक्षित रहने संरचना बनाउने, कस्ता घरहरु भुकम्पबाट सुरक्षित रहन्छन्, घर निर्माण गर्दा के-कस्ता कुरामा ध्यान दिए सुरक्षित र बलियो हुन्छ भन्ने कुराहरुको जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा शसस्त्र प्रहरी आश्रित गुल्म धादिङले भुकम्प गइहालेको के-गर्ने,के-नगर्ने र कस्तो पुर्वतयारी गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शन गरेको थियो ।
कार्यक्रममा सहभागी नीलकण्ठ नगरपालिकाका कार्यबाहक मेयर दीपक विश्वकर्मा, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख दिपेन्द्र शाहि , शसस्त्र प्रहरी आश्रित गुल्मका प्रमुख लक्ष्मी थपलिया, नीलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष धर्मराज भण्डारी लगायतले भुकम्पको अति जोखिम रहेको नेपालमा बलियो संरचना निर्माण र यसको पुर्वतयारीले ठुलो धनजनको क्षति हुनबाट जोगाउन सकिने बताएका थिए।

भुकम्प प्राकृतिक विपद् भएकोले त्यसलाई रोक्न नसकिने भएकाले यसको पुर्वतयारी गर्ने, गइहालेको खण्डमा सुरक्षा मापदण्ड अपनाउने र कुनैपनि किसिमको संरचना निर्माण गर्दा बलियो र भुकम्प प्रतिरोधी संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |