

धादिङ । राष्ट्रिय निजि तथा आवासिय एसोसियसन नेपाल (एन प्याब्सन) धादिङको अध्यक्षमा प्रयास रेग्मी चयन हुनुभएको छ।
शनिबार एन प्याब्सन धादिङको २२ औँ वार्षिक साधारण सभा तथा आठोँ अधिवेशनले धादिङबेशीमा रहेको न्यू किबो बोर्डिङ स्कुलका प्रिन्सिपल रेग्मीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
नयाँ कार्यसमितिको उपाध्यक्षमा अभिषेक बसौला, सचिवमा विजय खतिवडा र कोषाध्यक्षमा सिताराम महत चयन हुनुभएको छ।
त्यस्तै सदस्यहरुमा बलराम सिलवाल, शोभा कट्टेल तिवारी र विशाल श्रेष्ठ चयन हुनुभएको छ ।
यस्तै नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ४ सदस्यीय सल्लाहाकार कार्यसमिति मनोनित गरेको छ ।सदस्यहरुमा काशीनाथ कोइराला, इश्वरी प्रसाद पाण्डे, उदय बहादुर गुरुङ र मनोज अधिकारी रहनुभएको छ।
नेशनल प्याब्सन धादिङको निवर्तमान अध्यक्ष ईश्वरि प्रसाद पाण्डेको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनमा नेशनल प्याब्सन केन्द्रिय कार्यसमिति सदस्य काशीनाथ कोइरालाको प्रमुख आतिथ्यता रहेको थियो ।

साधारण सभालेद कोषाध्यक्ष, सचीव र अध्यक्षको प्रतिबेदन पारित गरेको छ ।
नवनिर्वाचित अध्यक्ष रेग्मीले निजि शैक्षिक संस्थाहरुको हकहित, अध्यापनरत शिक्षक हरुको पेशागत क्षमता अभिबृद्धी तथा अध्ययनरत बिद्यार्थीहरुको सर्वाङ्गिण विकासमा लागिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |