

काठमाण्डौ । चौथो संस्करणको ‘राइट टु प्रोटिन’ दौड प्रतियोगिताको उपाधि सन्तोषी श्रेष्ठ र राजन रोकायाले जितेका छन्।
नेपाल भेटेरिनरी एशोसिएसनको आयोजनामा भएको प्रतियोगितामा विभिन्न आठ विधामध्ये खुला हाफ म्याराथनमा महिलातर्फ सन्तोषी श्रेष्ठ र पुरुषतर्फ राजन रोकाय प्रथम भएका हुन्।
उनीहरुले डेढ लाख रुपैयाँका दरले पुरस्कार प्राप्त गरेका छन् ।
दश किलोमिटर पुरुषतर्फ सञ्जय श्रेष्ठ, पाँच किलोमिटर महिलातर्फ फूलमति राना, कक्षा १२ सम्मका विद्यार्थीका लागि पाँच किलोमिटर पुरुषतर्फ लोकेन्द्र बोहरा र तीन किलोमिटर महिलातर्फ अस्मिता भुजेल, तथा फरक क्षमता भएका व्यक्तिहरुका लागि ह्विलचियर दौड महिला तथा पुरुषतर्फ ऐश्वर्यकुमारी कुमाल र रमेश खत्री प्रथम हुनुभएको आयोजक समितिका संयोजक डा.शीतलकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलगायत विशिष्ट अधिकारीले विजयी खेलाडीलाई नगद पुरस्कार, प्रमाणपत्र र पदक प्रदान गर्नुभयो । विभिन्न आठ विधाका विजेता ४० खेलाडी पुरस्कृत भए।
प्रतियोगितामा हाफ म्याराथनमा दोस्रो भएका खेलाडीले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार तथा पाँचौँ हुने खेलाडीले ३० हजार रुपैयाँ पाएका छन् । १० किलोमिटर दौडमा पहिलो हुने खेलाडीले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँ हुने खेलाडीले १० हजार रुपैयाँ पाएका छन् ।
प्रतियोगिताअन्तर्गत पाँच किलोमिटर दौडमा पहिलो, दोस्रो, तेस्रो, चौथो र पाँचौँ हुने खेलाडीले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार र पाँच हजार रुपैयाँ पाएका छन् । तीन किलोमिटर दौडमा पहिलो हुने खेलाडीले २० हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार, चौथोले पाँच हजार र पाँचौँ स्थान हासिल गर्ने खेलाडीले दुई हजार पाँच सय रुपैयाँ पाएका छन्।
ह्विलचियरतर्फ पहिलो हुने खेलाडीले ३० हजार, दोस्रो हुने खेलाडीले २० हजार रुपौयँ पाए। त्यसैगरी तेस्रो हुने खेलाडीले १५ हजार, चौथोले १० हजार र पाँचौँ हुने खेलाडीले पाँच हजार रुपैयाँ पाएका छन्।
प्रतियोगितामा विभागीयसहित झन्डै आठ हजार धावकको सहभागिता रहेको आयोजकले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |