

धादिङ । सदरमुकाम धादिङबेशीमा लोक सास्कृतिक महोत्सव जारी रहेको छ।
मेलाको आज छैटौ दिन मंगलबार विभिन्न कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ।
आजको मुख्य आकर्षण बहुचर्चित गायक कुलेन्द्र विश्वकर्माको साथमा दिपक खड्का, शिशिर देवकोटा, राजन परियार, शिला गुरुङ, सरु थापा, कमला थापा र प्रकाश विनायकको प्रस्तुति रहने छ।
साथै धादिङ जिल्ला अन्तरपालिका लोक दोहोरी प्रतियोगिताका प्रतियोगी कलाकारहरुको प्रतिभा पनि हेर्न र सुन्न पाइनेछ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङ र सामुदायिक संचार तथा विकास केन्द्र धादिङको संयुक्त आयोजनामा सदरमुकाम धादिङबेशी स्थित खुल्लामञ्चमा जिल्लामै पहिलो पटक माघ १० गतेदेखी लोक सांस्कृतिक महोत्सव जारी छ।
महोत्सव माघ २० गतेसम्म संचालन हुनेछ।
महोत्सवबाट जुट्ने आर्थिक श्रोतबाट जिल्लाका सम्पूर्ण कलाकारहरुलाई अप्ठेरो परेको बेला आवश्यक सहयोग गर्न राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान धादिङ मार्फत परिचालन हुने गरि कलाकार कल्याणकारी कोष स्थापना गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |