

काठमाण्डौ । नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेलमा आज जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स भिड्दै छन्।
खेल बेलुका साढे ६ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालाको कभर्डहलमा शुरू हुनेछ।
जनकपुर लिग चरणमा चार जीत र एक बराबरीका साथ शीर्षस्थान रह्यो । उसले क्वालिफायरमा विराटनगर ब्यान्डिट्सलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
त्यस्तै लिग चरणमा काठमाण्डौ तीन जीत, एक बराबरी र एक हारसँगै तेस्रो भएको थियो ।त्यसपछि काठमाण्डौले इलिमिनेटरमा धनगढी वाइल्डक्याट्स र क्वालिफाइरमा विराटनगरलाई हराउँदै उपाधि नजिकै पुगेको हो।
नेपालमा पहिलो पटक भएको फ्रेन्चाइज कबड्डी प्रतियोगितामा विभिन्न शहरका ६ वटा टोली सहभागी थिए ।प्रतियोगिता माघ ४ गतेदेखि शुरू भएको हो। photo:nkl





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |