

काठमाण्डौ । फागुन ६ देखि १६ गतेसम्म बङ्गलादेशमा हुने पाँचदिवसीय पुरूष कबड्डीका लागि नेपाली टोली घोषणा भएको छ।
अखिल नेपाल कबड्डी सङ्घले आईतबार घनश्याम रोकामगरको कप्तानीमा १५ सदस्सीय टोली घोषणा गरेको हो।
टोलीमा नेपाल कबड्डी लिग (एनकेएल) मा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीले स्थान बनाएका छन् ।
रामुको कप्तानीमा रहेको जनकपुर नाइट्सले घनश्यामको कप्तानीमा रहेको काठमाण्डौ माभरिक्सलाई ४५–४१ ले पराजित गर्दै प्रथम संस्करणको उपाधि जितेको थियो ।
टोलीमा जनकपुरबाट अलराउन्डर रामुसँगै सविन बोहजु, नवीन लोहार र मोहम्मद साहिल शेख टोलीमा सेमेटिएका छन् ।
यस्तै, उपविजेता काठमाण्डौबाट सोहेल इस्लाम, मेघराज गिरि र धादिङका प्रमोद श्रेष्ठ समेटिएका छन् ।
त्यस्तै गणेश पार्की, सुशील चुनारा, सतिशकुमार कुर्मी, सुरज बोहरा, अमित राजभर, रबिन कुवर, भुबन बोहरा र गिरिजा रोकामगर टोलीमा छन् ।
टोलीमा पाँच वैकल्पिक खेलाडीलाई पनि राखिएको छ।
वैकल्पिकमा साहिलसहित, ईशार खान, जितेन्द्र अबस्थी, सन्देश तामाङ र खगेन्द्र जोशी छन्।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |