

धादिङ । गल्छी गाउँपलिका–६ मा रहेको सक्सेस एकेडेमीले नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीलाई सम्मान गरेको छ ।
सक्सेस एकेडेमीले आफ्नो १४औँ वार्षिकोत्सबको अवसरमा गत मंसिरमा भएको निर्वाचनबाट निर्वाचित अध्यक्ष अधिकारीलाई सम्मान गरेको हो ।
पत्रकारिताको क्षेत्रमा पु¥याएको योगदान उच्च आदर्श स्थापित गर्दै सत्य पारदर्शी र समाजमा सकारात्मक परिवर्तनका लागि योगदान गरेको भन्दै अध्यक्ष अधिकारीलाई सम्मान गरिएको हो ।
सक्कसेस एकेडेमीका अध्यक्ष शिव अधिकारी, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख भुमिलाल शर्मा सुवेदीले दोसल्ला ओढाएर र सम्मानपत्र दिएर सम्मानित गर्नुभएको थियो।
सम्मानित हुनुभएका अधिकारीले पत्रकारिताको धर्म, यसको आचारसंहिता पालन गर्दै सामाजिक आर्थिक रुपान्दरका लागि निरन्तर कलम चलाइरहन सम्मानले अझै हौसला थपेको बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |