

काठमाडौं । महिला टी-२०आई शृंखला अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।
काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित शृंखलाको आफ्नो पाँचौं खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्न लागेको हो ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दिउँसो सवा १२ बजेदेखि सुरू हुँदैछ।
नेपाल यसअघिका चारवटै खेलमा पराजित भइसकेको छ भने उपाधि होडबाट बाहिरिसकेको छ । नेपाल अब बाँकी दुई खेलहरूमा प्रतिष्ठाको लडाइँमा हुनेछ ।
नेदरल्याण्ड्सका लागि भने यस खेल जित्नैपर्ने दबाब रहनेछ ।
चार खेलमा दुई जित निकालेको नेदरल्याण्ड्स उपाधि होडमा अझै जीवित छ । नेपाल भने ऐतिहासिक जितको खोजीमा हुनेछ ।शृंखलामा थाइल्याण्डले हालसम्म चारवटै खेल जित्दै उपाधि दाबेदारको रूपमा रहेको छ ।
थाइल्याण्डले अब नेपाल र नेदरल्याण्ड्ससँग एक/एक खेल खेल्न बाँकी छ ।नेपालले यसपछि अन्तिम खेलमा शुक्रबार थाइल्याण्डसँग खेल्ने छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |