

धादिङ। धादिङसहित देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ अभियान जारी छ।
पाठेघरको मुखको क्यान्सरका कारण बढ्दै गएको र अकाल मृत्युको जोखिमबाट जोगाउने उद्देश्यका साथ सरकारले यही माघ २२ देखि देशभरि पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्याभिलोमा भाईरस (एच.पि.भि.) खोप अभियान सञ्चालन गरिरहेको छ।
सोही अनुरुप धादिङमा अभियान अन्तरगत हालसम्म ६ हजार भन्दा बढी किशोरीले खोप लगाएका छन्।
जिल्लामा खोप अभियान दुई चरणमा सञ्चालन हुने छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा माघ २२ गतेदेखी नीलकण्ठ नगरपालिका, रुवीभ्याली, खनियावास, नेत्रावती डवजोङ, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा खोप अभियान सञ्चालन भईरहेको छ ।
अभियानमा हालनीलकण्ठका २ हजार २९२,सिद्धलेकका ८९०,त्रिपुरासुन्दरीका ७७७, ज्वालामुखीका ७२९, गंगाजमुनाका ५४१, खनियाबासका ४५४, रुवी भ्यालीका ३६० र नेत्रावती डवजोङका ३३५ गरी ६ हजार ३७८ जनाले खोप लगाएको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
यी ८ पालिकामा २६ गतेसम्म सञ्चालन हुनेछ।
यस्तै दोस्रो चरणमा फागुन १ गतेदेखी ५ गतेसम्म धुनिवेशी नगरपालिका, थाक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङ गाउँपालिकामा सञ्चालन हुनेछ ।
यस अभियानबाट धादिङका १४ हजार ५सय ७३ किशोरीलाई खोप लगाईने जनस्वास्थ्य कार्यालय धादिङका खोप सुपरभाइजर श्याम पोखरेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाउँदैछ ।
जिल्लाका २ सय ४० विद्यालय खोप केन्द्र र ९६ स्वास्थ्य संस्थाका खोप केन्द्र गरी ३३६ खोप केन्द्र मार्फत खोप लगाउँदैछ ।अभियानमा ३३६ जना स्वाथ्यकर्मी र ६७२ स्वयंमसेविका परिचालन हुने छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |