

काठमाडौँ । खसीको मासु भन्दै बाख्राको मासु बेच्ने एक जना पक्राउ परेका छन् ।
पर्साको प्रतिमा चोकस्थित आसमिन फ्रेस हाउसमा खसीको मासु भन्दै बाख्राको मासु बिक्री भइरहेको सूचनाको आधारमा सञ्चालक वीरगन्ज–१३ निवासी ४१ बार्षिय हारुन मिँया अन्सारीलाई पक्राउ गरिएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले जानकारी दिनुभयो।
वडा प्रहरी कार्यालय श्रीपूरको टोली उक्त फ्रेस हाउसमा खानतलासी गर्दा सञ्चालक हारुनले बाख्राको मासुमा खसीको अण्डकोष सिलाएर बेचिरहेको फेला पारेको डिएसपी लम्सालले बताउनुभयो ।
प्रहरीले सञ्चालक हारुनसहित खसीको अण्डकोष टाँसिएको १५ केजीको बाख्राको मासुसमेत नियन्त्रणमा लिएको छ।
पक्राउ परेकामाथि कालोबजारी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरि जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |