

गुम्दी । धादिङको गंगाजमुना गाउँपालिकाका माध्यमिक विद्यालयहरुमा बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजनामा गाउँपालिका भित्रका विभिन्न माध्यमिक विद्यालयहरुमा कक्षा ८-१० का बिद्यार्थीहरुको लागि अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
सोमबार वडा नं ३ गुम्दीका २ वटा विद्यालयमा १ दिने अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
अनुशिक्षण कार्यक्रममा चिमचोक माविका ७४ जना र कल्याण माविका ५८ जना बिद्यार्थीहरु सहभागी थिए ।
अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान,बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियो।

अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका महिला ,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रतिमा भट्ट,गंगाजमुना गाउँपालिका वडा नं ३ का सदस्य, चिमचोक र कल्याण माविका प्रधानाध्यापकहरु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको प्रयास नेपाल धादिङका जेण्डर च्याम्पियन शर्मिला गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने, अभिभावकहरुलाइ भेटि सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका गुम्दीबाट शर्मिला गुरुङले जानकारी दिनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |