

धादिङ । काठमाण्डौमा पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाण्डौका अनुसार पक्राउ पर्नेमा धादिङको गङ्गाजमुना गाउँपालिकाका २८ वर्षीय सुरज गुरुङ रहेका छन् ।
गएको माघ ११ गते राति काठमाण्डौ महानगरपालिका वडा नम्बर १७ क्षेत्रपाटीमा एक होटल अगाडी पार्किङ गरी राखेको मोटरसाइकल चोरी भएको थियो ।
त्यो मोटरसाइकलको वास्तविक नम्बर प्लेट परिवर्तन गरी अर्को नम्बर प्लेट राखेर चलाउँदै गरेको अवस्थामा गुरुङलाई काठमाण्डौ महानगरपालिका–१७ नयाँ बजारबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |