

धादिङ । नीलकण्ठ नगरपालिका र सिद्धलेक गाउँपालिकाबीच मैत्रीपूर्ण पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ।
धादिङ जिल्ला खेलकुद विकास समितिले धादिङ जिल्ला कबड्डी संघको व्यवस्थापनमा यही फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर नीलकण्ठ र सिद्धलेकबीच मैत्रीपूर्ण पुरुष कबड्डी प्रतियोगिता आयोजना गरेको धादिङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रताप सिं तामाङले जानकारी दिनुभयो ।
खेल नीलकण्ठ नगरपालिका-३ धादिङबेसीस्थित कभर्डहल परिसरमा हुने तामाङले बताउनुभयो ।
प्रतियोगितामा विजयी टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरिने र उपबिजेता टिमलाई प्रमाणपत्र प्रदान गरिने अध्यक्ष तामाङको भनाई छ।
खेलकुदको विकास तथा स्थानीय प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |