

सातदोबाटो । धादिङको गंगाजमुना गाउँपालिका वडा नं ४ र ५ मा अवस्थित दुई माध्यमिक विद्यालयमा बाल विवाह अन्त्य सम्बन्धी सचेतनामुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१० का बिद्यार्थीहरुको लागि १ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा वडा नं ४ को तामाङखर्क माविका ७४ जना र वडा नं ५ को मण्डली माविका ६२ जना बिद्यार्थीहरु सहभागी थिए ।
अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान,बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भूमिका लगायतका बिषयमा प्रयास नेपाल,धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनु भएको थियो।

अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका उपाध्यक्ष रामेश्वर सिम्खडा महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रमिता भट्ट,गंगाजमुना गाउँपालिका वडा नं ३ का वडाध्यक्ष प्रेम घले ,वडा नं ५ का वडाध्यक्ष कुमार अधिकारी, तामाङखर्च माविका प्रधानाध्यापक शंखर प्रसाद सिम्खडा, बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको प्रयास नेपाल धादिङका सामुदायिक सहजकर्ता कविता सापकोटाले जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने , अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका सापकोटाले जानकारी दिनुभयो ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |