

धादिङ । बागमति प्रदेशको सामाजिक विकास कार्यालय गजुरीले बौद्धिक अपांगता भएका बालबालिकाहरुका लागि खेलकुद र स्टेसनरी सामाग्री वितरण गरेको छ ।
बुधबार ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा नीलकण्ठ नगरपालिका ३ मा रहेको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयका बालबालिकाहरुका लागि खेलकुद र स्टेसनरी सामाग्री वितरण गरेका हो ।
बालबालिकाहरुलाई विद्यालयमा पुुगेर अपांगता भएका बालबालिकाहरुले खेल्न सक्ने बल, चेस, लुँडो, ब्याडमिन्टन लगायतका खेलकुद सामाग्री र कापी, पेन्सील लगायतका स्टेसनरी सामाग्री वितरण गरिएको जिल्ला समन्वय समितिका कार्यालय प्रमुख राम आश्रय यादवले जानकारी दिनुुभयो।
सामाग्री हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, कर्मचारी मिलन केन्द्र अध्यक्ष विष्णु आचार्य, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख सुवेदी, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी लगायत उपस्थीति रहेको थियो ।
सामाग्री हस्तान्तरण संगै अपांगता भएका बालबालिकालाई खिर र खन्य खानेकुरा खुवाइएको थियो ।
२०७४ सालमा स्थापना भएको नमुना वौद्धिक आधारभुत विशेष विद्यालयमा ३१ बालबालिका रहेका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |