

बुढाथुम ।धादिङको गंगाजमुना गाउँपालिकाले पालिका भित्रको माध्यमिक बिद्यालयहरुमा बाल विवाह अन्त्य सम्बन्धि सचेतनामुलक अनुशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ।
गाउँपालिकाको आयोजनामा माध्यमिक तह कक्षा ८-१२ मा अध्ययनरत किशोर किशोरीहरुको लागि १ दिने अनुशिक्षण कार्यक्रम सञ्चालन गरिएको हो।
शुक्रबार वडा नं ६ बसेरीको शिवालय मावि र बुढाथुमको बद्री बिशाल माविमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाकी महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख प्रमिता भट्टले जानकारी दिनुभयो ।
कार्यक्रममा शिवालयका ५८ जना र बद्री बिशालका १ सय १२ जना किशोर किशोरीहरु सहभागी थिए ।

दुबै बिद्यालयमा भएको अनुशिक्षण कार्यक्रममा नेपालमा बालबालिका तथा बालविवाहको बिद्यमान अवस्था र कानुनी प्रावधान, समसामयिक चुनौती र समाधान , बाल विवाह नियन्त्रण तथा रोकथाम उपायहरु, भएका प्रयासहरु, बाल बिवाहको कारण र त्यसको असर, बाल अधिकार, बाल विवाह कारण हुने नकारात्मक असरहरु,सजायको व्यवस्था,बाल विवाह न्युनिकरणमा सरोकारवालाहरुको भुमिका लगायतका बिषयमा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले प्रशिक्षण दिनुभएको थियोे ।
अनुशिक्षण कार्यक्रममा गंगाजमुना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष रमेश ढकाल ,निवर्तमान वडाध्यक्ष भक्त बहादुर लामिछाने,शिवालय माविका प्रधानाध्यापक रमेश कुमार श्रेष्ठ, बद्रीबिसाल माविका प्रधानाध्यापक योगेन्द्र थापा, बालक्लबका अध्यक्षहरु लगायतको सहभागी रहेको भट्टले जानकारी दिनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थीहरुले आफुहरुले बाल विवाह नगर्ने ,साथीहरूको बाल विवाह हुन लागेको जानकारी भएमा सम्बन्धित निकायमा सुचना दिने,अभिभावकहरुलाइ सम्झाउने र बाल विवाह विरुद्ध आवाज उठाउने प्रतिबद्धता गरेका शाखा अधिकृत भट्टले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |