

धादिङ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धादिङबेसी शाखाले आमाको माया छात्राबासलाई सहयोग उपलब्ध गराएको छ ।
कम्पनीको ३८ औँ वार्षिकोत्सबको अबसरमा शनिबार नीलकण्ठ नगरपालिका वडा नम्बर ४ मा रहेको आमाको माया छात्राबासलाई छात्राबासमा रहेका बालकहरुका लागि भोजन सेवा बापत १० हजार सहयोग गरेको हो ।

इन्सुरेन्स कम्पनीको तर्फबाट धादिङबेसी शाखाका प्रमुख तथा कार्यक्रमका अध्यक्ष हरी घिमिरेले चेक हस्तान्तरण गर्दै सहयोगको अवसर दिएकोमा आमाको माया छात्राबासलाई धन्यवाद दिनुभयो ।
छात्राबासमा आयोजित कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष हरीकुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष सीताराम अधिकारी, छात्राबासका अध्यक्ष डा.नवीनबन्धु पहाडीले शुभकामना व्यक्त गर्नुुभएको थियो । छात्राबासमा हाल २५ जना असाहय बालबालिका बस्दै आएका छन्।
छात्राबासमा रहेका बालबालिकाको लागि बिभिन्न ब्यक्तिहरुले जन्मदिन तथा बिभिन्न उत्सवहरु पारेर सहयोग गर्दै आएका छन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |