

धादिङ । २०८१ सालको एसईई परीक्षा आगामी चैत ७ गतेदेखि सुरु हुँदै छ ।
एसइइको तयारीमा रहेका बिद्यार्थीहरुलाई सदरमुकाम धादिङबेशीमा रहेको त्रिपुरा पुस्तक पसलले उत्तर लेख्ने तरिका सिकाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ ।
एसइइमा सहभागि विद्यार्थीले उत्तर जानेर पनि सही तरिकाले नलेखेका कारण अंक थोरै आउने गरेको तथ्यलाई मध्यनजर गर्दै त्रिपुरा पुस्तक पसलले विद्यार्थीहरुलाई सही तरिकाले उत्तर लेख्न सिकाईरहेको छ ।
हाल जिल्लाको छ स्थानहरुमा विद्यार्थीहरुलाई विज्ञान तथा प्रविधि र सामाजिक अध्ययन विषयको उत्तर लेख्ने तरिका सिकाइएको त्रिपुरा पुस्तक पसलका प्रोपाइटर नारायणकुमार श्रेष्ठले जानकारी दिनुभयो।
विज्ञान तथा प्रविधिमा डा.चिन्तामणि पन्थी र सामाजिक अध्ययनमा नारायणप्रसाद खतिवडाले जिल्लामा एसइइ तयारी गरिरहेका विद्यार्थीहरुलाई प्रश्न अनुसारको उत्तर लेख्ने र गुणात्मक र कलात्मक रुपमा प्रस्तुत गर्ने तरिकाहरु सिकाउनुुभएको श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार अहिलेसम्म निजि र सामुदायिक विद्यालय गरी धादिङबेसी, खानीखोला, बैरेनी, गजुरी, मलेखुु र सल्यानटारमा एक हजार ४ सयभन्दा बढी विद्यार्थीलाई सिकाइएको छ ।
एसइइ दिने तयारीमा लागेकाहरुले यस्तो कार्यक्रममा सहभागि भएपछि उत्तर लेख्ने शैलीमा सुधार गर्ने अपेक्षा गरिएको छ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |