

धादिङ । धादिङबेसीमा गुरुङ कथानक चलचित्र ङोल्स्यो रामरानीको ‘च्यारिटी सो’ हुने भएको छ ।
नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको व्यवस्थापनमा यहि फागुन १६ गते विद्युत प्राधिकरण अघि रहेको सिटि हलमा ‘च्यारिटी सो’ हुने भएको हो ।
अहिले चलचित्रको व्यापक प्रचार प्रसार भईरहेको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङले जनाएको छ।
चलचित्रको ‘च्यारिटी सो’ को लागि विभिन्न जातिय संघ संस्था देखि विद्यालय, आमा समूह लगायतलाई पत्राचार , पम्पप्लेट टाँस, माईकिङ, विभिन्न सञ्चार माध्यमबाट विज्ञापन गरिएको नेपाल तमू गुरुङ विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङका अध्यक्ष रेखबहादुर गुरुङले बताउनुभयो ।
गुरुङहरुको भाषा, कला, संस्कार संस्कृति समेटिएको उक्त चलचित्रमा राम प्रसाद गुरुङ, सपना गुरुङ, इशा गुरुङ, रेशम गुरुङ, धनसुबा गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ भने चलचित्रलाई विवेक गुरुङले लेखन तथा निर्देशन गर्नुभएको हो ।
गुरुङ जातीको आफ्नो भाषा र कलाको माध्यमबाट सचेतना जागउने उद्देश्यले धादिङबेसीमा पहिलो पटक गुरुङ चलचित्र ङोल्स्यो रामरानीको च्यारिटी गर्न लागिएको अध्यक्ष गुरुङले बताउनुभयो ।
चलचित्र ‘च्यारिटी सो’ को लागि २ सय रुपैयाँ टिकट शुल्क तोकिएको छ ।१ सय भन्दा बढि टिकट अग्रिम बुक भईसकेको अध्यक्ष गुरुङको भनाई छ ।
चलचित्रको टिकट गुरुङ समुदायले मात्र नभई अन्य समुदायले पनि उत्सुकता पूर्वक अग्रिम बुकिङ गरिदिंदा चलचित्रको ‘च्यारिटी सो’ भव्य हुने देखिएको उहाँको भनाई छ।







आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |