

काठमाण्डौ। टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको छ।हङकङमा जारी श्रृङ्खला अन्तरगत नेपालको यो लगातार दोस्रो जीत हो।
आज बिहान भएको खेलमा कुवेतले प्रस्तुत गरेको १ सय ८६ रनको लक्ष्य नेपालले १८ ओभर ५ बलमा चार विकेट गुमाउँदै पूरा गर्यो । कुशल भूर्तेलले सर्वाधिक ८१ रन बनाए ।
आसिफ शेखले ५३ रन जोडे । हङकङका यासिन पटेलले दुई विकेट लिए ।त्यसअघि मिसन रोड मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कुवेतले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनाएको थियो ।
कुवेतका क्विन्टो एन्टोले सर्वाधिक ४१ रन बनाए । मिट भावसारले ३५ रन जोडे । नेपालका सोमपाल कामीले सर्वाधिक तीन विकेट लिए ।
नेपालले पहिलो खेलमा हिजो कतारलाई आठ विकेटले पराजित गरेको थियो ।
योसँगै शीर्ष स्थानमा रहेको नेपालले चार अङ्क पुर्याएको छ। अब नेपालले लिग चरणको अन्तिम खेल पर्सि शनिवार घरेलु टोली हङकङसँग खेल्नेछ।filephoto





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |