

धादिङ । धादिङमा भोलीदेखि जिल्ला स्तरीय महिला कबड्डी प्रतियोगिता सुरु हुने भएको छ ।
धादिङ कबड्डी संघ र धादिङ कबड्डी क्लबको संयुक्त आयोजना, इको वेयरको प्रायोजन तथा जिल्ला खेलकुद विकास समिति धादिङको सहकार्यमा सदरमुकाम धादिङबेसीस्थित कर्भड हलमा प्रथम महिला कबड्डी प्रतियोगिता हुने धादिङ कबड्डी संघका अध्यक्ष रत्नेशकुमार यादवले जानकारी दिनुभयो ।
प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको यादवले बताउनुभयो ।
प्रतियोगिताको उद्घाटन जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले गर्ने तय भएको यादवले बागमती कलमलाई बताउनुभयो ।
३१ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजक धादिङ कबड्डी संघ, बेनीघाट रोराङ कबड्डी क्लब, बेनीघाट रोराङ गाउँपालिका, थाक्रे कबड्डी क्लब र धादिङ टाइटान्सले प्रतिस्पर्धा गर्ने भएका छन् ।
प्रतियोगितामा प्रथम र द्वितीय हुनेले क्रमश नगद ३० हजार र १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने तृतिय हुने टिमले ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तरगत प्रत्येक गेमको उत्कृष्ट खेलाडीलाई इको वेयरले १ हजारले सम्मान गर्ने कबड्डी संघका अध्यक्ष यादवले बताउनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |