

काठमाडौँ । यू- १९ विश्वकप एशिया छनोट अन्तरगत नेपाल फाइनल प्रवेश गरेको छ।
आज भएको खेलमा हङकङविरुद्ध ९ विकेटको शानदार जित हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।नेपालको यो लगातार तेस्रो जित हो ।
जितका लागि हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२ ओभर ३ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो।
नेपालको जितमा साहिल पटेलले अविजित रहँदै सर्वाधिक ४२ तथा कप्तान नरेन भट्टले ३९ रन जोडे। निरजकुमार यादवले २३ रन बनाए।
त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको हङकङले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर ११५ रनमात्र बनाएको थियो।
उसका लागि शिव माथुरले सर्वाधिक ६३ रनको योगदान गरे। आर्य पज्वानीले १३, वीर माथुरले १२ तथा ह्यारी थोमसले १० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए।
नेपालले अब समूह चरणको अन्तिम खेलमा आगामी शनिवार अफगानिस्तानसँग खेल्नेछ । सोही खेलको विजेताले विश्वकपमा स्थान बनाउनेछ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |