

धादिङ । धादिङ बाल यौन दुर्व्यवहारको आरोपमा एकजना शिक्षक पक्राउ परेका छन्।
१५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा नेत्रावती डबजोङ गाउँपालिकास्थित कुण्डलादेवी माविका शिक्षक ३४ वर्षीय शिक्षक शेरबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिनुभयो।
बुढाले एसईई परिक्षाको लागि कोठामा बसेको घरमा बालयौन दुरुपयोग गरेको भन्दै कारबाहीको माग गरी चैत २९ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी परेको सुचना अधिकारी सिलवालले बताउनुभयो।
पीडित पक्षको उजुरीपछि बालिकाको चैत २९ गते धादिङ अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको थियो।
पक्राउ परेका बुढालाई जिल्ला अदालतको आदेशले हिरासतमा राखि अनुसन्धान भईरहेको सुचना अधिकारी सिलवालले जानकारी दिनुभयो।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |