

धादिङ । धादिङमा भोलि १३ गतेदेखी सञ्चालन हुने भनिएको १४ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता स्थगन भएको छ।
शिक्षकहरुको आन्दोलन र कक्षा १२ को परिक्षालाई मध्यनजर गर्दै प्रतियोगिता स्थगन भएको जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो।
यसअघि बैशाख ११ गतेबाट सुरु हुने भनिएको रनिङ शिल्ड कक्षा १२ को परिक्षालाई नै मद्यनजर गर्दै स्थगित भएको थियो।
शिक्षकहरूको आन्दोलनका कारण कक्षा १२ को परीक्षा आउँदो २१ गतेदेखि गर्ने गरी सारेसंगै १३ गतेदेखि रनिङ शिल्ड गर्ने निर्णय भएको थियो ।
विगत २४ दिन देखी शिक्षकहरु निरन्तर आन्दोलनमा रहेका छन् ।शिक्षक नभएपछि खेलाडी विद्यार्थीहरु पठाउन नसक्ने पालिकाहरुले बताएको र कक्षा १२ को परिक्षा पनि नजिकिएकाले प्रतियोगिता फेरि स्थगित गरिएको अध्यक्ष तामाङले बताउनुभयो ।
पालिका र प्रदेशबाट सुझाव आए अनुसार प्रतियोगिता अब तोकिएको मितिमा नहुने उहाँको भनाई छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |