

काठमाण्डौ । सरकारले समयमै खरिद गर्न नसक्दा देशभर अस्थायी परिवार नियोजनका साधनको अभाव भएको छ ।
खरिद प्रक्रियामा ढिलाइ भएकाले कन्डम, पिल्स, तीन महिने सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट लगायत अस्थायी परिवार नियोजनका साधनको अभाव भएको स्वास्थ्य विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाका निर्देशक डा.विवेककुमार लालले बताउनुभयो ।
स्वास्थ्य सेवा विभागको भण्डारण केन्द्रमा कन्डम, सङ्गिनी सुई, कपर–टी, नरप्लान्ट जस्ता साधनको मौज्दात सकिएको लालले बताउनुभयो ।
यी साधनहरू सरकारले निःशुल्क वितरण गर्दै आएको छ।यस बेला समस्या हुनुको कारण अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसएआईडी) को सहयोग कटौती रहेको छ ।
अस्थायी साधनका लागि दातृ निकायमै भर पर्दै आएको र त्यसमा पनि यूएसएआईडीको सहयोग मुख्य रहेकाले परिवार नियोजनका साधान अभाव भएको डा.लालले बताउनुभयो ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |