

धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले आफ्नो स्थापना दिवसमा बिभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
नेपाल सरकारको मन्त्रिपरिषद्को मिति २०७१ साल वैशाख २५ गतेको निर्णयवाट नीलकण्ठ नगरपालिका गठन भएको र उक्त गठन भएको दिन वैशाख २५ गतेको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउदै आएको छ।
नगरपालिकाले गत वर्ष जस्तै यस बर्ष पनि मैत्रिपूर्ण खेलकुद प्रतियोगिताहरु गरी वार्षिक उत्सव मनाउने भएको छ।
जसअनुरुप वैशाख २३ गते नीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधि र महिला कर्मचारी बीच मैत्रीपूर्ण फुटवल प्रतियोगिता र नीलकण्ठ नगरपालिका र जिल्ला क्रिकेट संघ, धादिङ बीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता गर्ने भएको छ ।
त्यस्तै वैशाख २४ गते नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी वीच मिक्स मैत्रीपूर्ण व्याडमिन्टन प्रतियोगिता र नीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि र कर्मचारी वीच बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
खेलकुद प्रतियोगितामा सहभागी हुन इच्छुक व्यक्तिहरुले नाम दर्ता गराइदिनु नगरपालिकाले अनुरोध गरेको छ ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |