

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउनु हुने भएको छ।
कोटीहोममा पोखरेलले आगामी बैशाख २८ गतेदेखि जेठ ३ गते कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिनुभयो।
ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूह सहित कोटीहोममा सहभागी हुनेछन् ।
१७ गते देखि जारी कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीयआचार्य प्रशान्त कृष्ण पंराकुशजी लगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रिया मार्फत दैनिक कथा वाचन भइरहेको छ।
यसअघि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचन, १४ दिनसम्म अन्तर्राष्ट्रिय कथावाचिका देवीप्रतिभाले श्रीमद्भागवत कथा वाचन गर्नुभएको थियो।
उहाँलाई जेठ १० देखि १६ गते सम्मका लागि पुनःपोखरा ल्याउने प्रयास भइरहेको संकल्पकर्ता विजय कृष्णमूर्तिले जानकारी दिनुभयो।
शनिबार देखि खुला भजन चुट्का प्रतियोगिता जारी छ । प्रतियोगितामा देशभरबाट करिब तीन सयजनाले प्रतिस्पर्धा गरिरहेको संयोजक प्रजापति पराजुलीले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम हुनेलाई तीनलाख ५५ हजार पाँच सय ५५, द्वितीय हुनेलाई दुईलाख ५५ हजार पाँच सय ५५, तृतीयहुने समूहलाई एकलाख ५५ हजार पाँच सय ५५ तथा सान्त्वना हुने दुई जनालाई जनही ६५ हजार पुरस्कार प्रदान गरिने जनाईएको छ।
प्रतियोगितामा विभिन्न ११ विधामा २५ हजार पाँच सय २५ रुपैयाँका दरले पुरस्काको व्यवस्था छ रहेको आयोजकको भनाई छ।
कोटीहोम २०८२ जेठ २६ गतेसम्म पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आपपासका क्षेत्रमा सञ्चालन हुनेछ ।
प्रचारप्रसार संयोजक लेखराज ढकालका अनुसार १७ दिन कोटीहोम चल्दै गर्दा करिब एक लाख ५० हजार भक्तजन सहभागी भएका छन्।
यसैगरी जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथा वाचिका राधिका दासी, श्रीराम कथा वाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुँदैछन् ।
जेठ १० देखि अन्तर्राष्ट्रिय कथा प्रवक्ता देवी प्रतिभाका साथै नेपालका अन्य कथा व्यासलाई पनि सहभागी गराउन प्रयास भइरहेको आयोजक मानव सेवा फाउण्डेशनले जनाएको छ ।
यसैगरी कोटोहोम परिसरमा आजै भएको रक्तदान कार्यक्रममा २२ युनिट रगत संकलन भएको बताइएको छ । रक्तदान कार्यक्रम हरेक दिन हुने जनाइएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |