

काठमाण्डौ । आजदेखि नागढुङ्गा–नौबिसे सडक खण्डअन्तर्गत नागढुङ्गा–पिप्लामोड खण्ड १० दिनसम्म रातको समयमा चार घण्टा बन्द हुने भएको छ।
नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) का अनुसार सडक मर्मतका लागि आजदेखि वैशाख मसान्तसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म गाडी चलाउन रोकिने छ ।
काठमाण्डौबाट छुटेका गाडीलाई नागढुङ्गा चेकपोस्टमा तथा काठमाण्डौ भित्रिनेलाई खत्रीपौवा पुलमा रोकिने ट्राफिक प्रहरीले जनाएको छ।
सडक खण्ड बन्द हुँदा साना तथा मझौला गाडीका लागि वैकल्पिक सडक प्रयोग गर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ।
यो बेला सितापाइला–भीमढुङ्गा–रामकोट–धार्के सडक तथा सामाखुशी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशूली–गल्छी सडक प्रयोग गर्न भनिएको छ। filephoto






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |