

धादिङ । सिद्धलेक गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ।
आईतबार एक कार्यक्रमका बिच पूर्ण खोपयुक्त गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख शंकरबाबु दुवाडीले जानकारी दिनुभयो।
गाउँपालिकाले २०८१ चैत मसान्तसम्म सबै बालबालिकाहरुलाई १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिका अनुसार पाउनुपर्ने सबै खाले खोप लगाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको दुवाडीले बताउनुभयो ।
जिल्ला पूर्ण खोप समन्वय समितिका सदस्य सचिव एवं जनस्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख श्यामप्रसाद पोखरेलका अनुसार जिल्लाका सबै स्थानीय तहहरुमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा अभियान सञ्चालन भइरहेको अवस्थामा सिद्धलेकले सबै सूचकहरु पूरा गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष परशुराम खतविडाले सबैको प्रयासबाट गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा भएको बताउनु भयो ।
अध्यक्ष खतिवडाले खोपको माध्यमबाट रोगको रोकथाम, निवारण र उन्मुलन गरी शिशु, बाल, मातृ तथा अन्य व्यक्तिको मृत्युदर घटाउन र खोप सेवाको विस्तार र सुदृढीकरण गरी गुणस्तरीय खोप सेवालाई निरन्तरता दिन गाउँपालिका प्रतिवद्ध रहेको पनि बताउनु भयो।
कार्यक्रममा प्रमुख अतिथि रहनुभएका जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले सबै बालबालिकाले जन्म पश्चात खोप लगाउन पाउनुपर्ने र बाँच्न पाउने नैसर्गिक अधिकारको सुनिश्चितता गर्नु तथा गुणस्तरीय र प्रभावकारी खोप सेवा लक्षित वर्गसम्म पुर्याउनु सरकारको जिम्मेवारी भएको बताउनु भयो।उपप्रमुख विश्वकर्माले सरकारद्वारा उपलब्ध सेवालाई निरन्तर रुपमा उपभोग गर्नु समुदाय तथा अभिभावकको पनि दायित्व र जिम्मेवारी रहने बताउनुभयो।

गाउँपालिकाले खोप लगाउन छुटेका बालबालिकालाई खोजी गरी पूर्ण खोप लगाएपछि जिल्ला खोप समन्वय समितिलाई भेरिफिकेसनका लागि अनुरोध गरेको थियो ।
पालिकालाई पूर्णखोप सुनिश्चितता घोषणाका लागि जिल्ला खोप समन्वय समितिले अनुगमन गरी भेरिफिकेसन समेत गरिसकेको छ । जिल्ला खोप समन्वय समितिको बैठकबाट पालिकालाई घोषणाका लागि अनुमति तथा जानकारी पत्र प्रदान गरेपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख दुवाडीले बताउनु भयो ।
कार्यक्रममा पूर्णखोप सुनिश्चितता र अन्य स्वास्थ्य सेवा सहज बनाउन उल्लेखनीय कार्य गरेकामा राष्ट्रिय महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान पनि गरिएको छ ।
गाउँपालिका भित्रका सबै २८ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सविता अर्याल, वडाअध्यक्षहरु, राजनीतिक दलका प्रमुख एवम् प्रतिनिधिहरु लगायतले नेपालको संविधानको धारा ३५ र स्थानीय सरकार संञ्चालन ऐन, ०७४ ले नै प्रत्येक बालबालिकालाई पूर्ण खोप पाउनै पर्ने कानुनी ब्यवस्था गरेको र विश्व स्वास्थ्य संगठनको प्रावधान अनुसार पनि वर्षेनि पूर्ण खोप सुनिश्चिता र दिगोपना घोषणा गर्ने गरिएकोमा सिद्धलेक गाउँपालिकाले समयमै सूचक पूरा गरी पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गर्न सफल भएकोमा धन्यवाद दिनु भएको थियो ।
सिद्धलेकमा स्वास्थ्य चौकी र सामुदायिक स्वास्थ्य इकाई गरी १० वटा स्वास्थ्य संस्था रहेका छन् ।






आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |