

काठमाण्डौ । काठमाण्डौको मखन गल्लीको एक घरमा ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।
मखन गल्लीको सुरज आर्केड पछाडि स्थानीय दयाराम श्रेष्ठको चार तले माटो र काठले बनेको कच्ची घरमा बिहान ६ बजेर ५० मिनेटको समयमा आगो लागेको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो ।
श्रेष्ठको घरको तेस्रो तल्लाबाट शुरू भएको आगो नजिकैको रुकेश श्रेष्ठको ५ तले पक्की घरमा समेत फैलिएको छ।
आगलागीमा परेर एक जनाको ज्यान गएको काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो। मृतकको परिचय खुल्न बाँकी छ ।
६ वटा दमकलको सहयोगमा प्रहरी, सेना,स्थानीयलगायतले आगो निभाउने प्रयास गरिरहेका छन् । घटनाबारे थप जानकारी आउन बाँकी रहेको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |