

काठमाण्डौ । आईसीसी महिला टी–२० विश्वकप छनोट अन्तरगत नेपाललेआज संयुक्त अरब इमिरेट्स (यूएई) सँग खेल्दैछ ।
एशियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो।खेल बिहान पौने ९ बजेदेखी थाइल्यान्डमा शुरु हुनेछ ।
ट्रेड थाइ क्रिकेट मैदान बैँककमा टस जितेर नेपालले फिल्डिङ रोजेको छ।
यो खेलमा जितेमा नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ ।
आयोजक थाइल्यान्ड भने सुपर–३ को एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।
प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’ को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टोली हुन् ।प्रतियोगिताअन्तर्गत नेपालले दोस्रो खेल भोलि थाइल्यान्डसँग खेल्नेछ ।
यो प्रतियोगितामा सहभागी तीन टोलीले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।
सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने टोलीले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |