

काठमाडौं । काठमाडौं महानगरपालिका-१२ टेकुस्थित ब्रम्हटोलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल,मोबाइल र नगदसहित चार जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा धादिङका २५ वर्षीय बिजय आलेमगर, काठमाडौं बुढानिलकण्ठ बस्ने सिन्धुली घर भएका २४ वर्षीय सागर श्रेष्ठ, काठमाडौं टेकु बस्ने काभ्रे भएका २३ वर्षीय रविन श्रेष्ठ र नुवाकोट घर भएका २१ वर्षीय सुरेन्द्र अछामी रहेका छन् ।
बिहीबार साँझ प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट १ हजार ६७ ट्याब्लेट, मोबाइल ७ थान र नगद १९ हजार ५ सय रूपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





आर आर मिडिया हाउसद्वारा संचालित
बागमती कलम डट कम (bagmatikalam.com)
मुख्य कार्यालय : सिद्धलेक गा.पा.-२, धादिङ
सम्पर्क कार्यालय : नीलकण्ठ न.पा.-३, धादिङबेसी,धादिङ
ईमेल: [email protected]
सम्पर्क फोन- ९८६६०७७७९९, ९८६०७२७११२
सञ्चार रजिष्ट्रारको कार्यालय,वागमती प्रदेश द.नं :
००१५८-२०७९/०८०
सूचना विभाग दर्ता नम्बर: ३७१९-२०७९/०८०
प्रेस काउन्सिल दर्ता न: ३७०७
| संचालक तथा सम्पादक: | अनिल कुमार नेपाली |
| सह सम्पादक: | प्रकाश अछामी | कार्यक्रारी सम्पादक: | बिनोद तमु |
| ब्यबस्थापक: | |
| कानूनी सल्लाहकार: | |
| बजार ब्यबस्थापक: |